वीरगञ्ज, जेठ २ - पर्सामा थप ४ व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मनत्रालयले शुक्रबार सांझा जारि गरेको प्रेस विज्ञप्ति अनुसार पर्सामा थप ४ व्यक्तिसँगै नेपालभरी ९ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण जारी गर्दै आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । यसअघि आज विहान पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि आज विहान पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएको संख्या ९ रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।
पर्सा वीरगञ्ज निवासी ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा ४, ५ र तुलसीपुर ७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष र काठमाडौं सतुगंगलका ७ वर्षीय बालकमा शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।