×

वीरगञ्ज, जेठ २ - पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न निर्णय सच्याइएको छ ।

बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको थियो । तर विभिन्न स्तरबाट निर्णय चौतर्फी विरोध भएपछी प्रशासनले निर्णय सच्याएको छ ।

संकट व्यवस्थापन केन्द्रले शुक्रबार एउटा सूचना जारि गर्दै निर्णय सच्याइएको जनाएको छ ।

गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए ।

प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो ।

उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको थियो । तर विभिन्न स्तरबाट मानव अधिकार कर्मी देखि अन्य सरोकारवाला पक्षले निर्णय प्रति विरोध जनाएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारि विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले निर्णय सच्याएको हो ।

बैठकले निर्णयलाई सच्याउदै कोरोन संक्रमितलाई भाग्न नदिने उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई स्थानिय प्रशासन एन २०२८ को दफा ६ मा भएको व्यवस्था बमोजिम आवश्यकता अनुसार बल प्रयोग गरि नियन्त्रणमा लिने निर्णय लिएको छ ।

उक्त बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले गरेका थिए । बैठकमा नारयणी अस्पतालका डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा,प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर लगायत सहभागी थिए ।

 

Back to top