वीरगंज २ जेठ । कोरोना भाईरसका कारण विश्वभरी त्रास फैलिरहेको बेला न्यु टाइगर क्लब गहवा र वीरगंज महानगरपालिका वडा नं ८ का सहयोगले आज गहवा टोलमा सोडियम हाईपोक्लोराईट सर्फेस सेनिटाईजर छर्किने र्काय शुरु गरेको छ ।
कोरोना भाइरसको अहिले सम्म विश्वमा कुनै पनि देशले हाल सम्म यस रोगको औषधी बन्न नसकेको र यस रोगबाट बच्न सरसफाई र एक अर्का सङ दुरी कायम गर्नु नै यसको उपचार रहेको विश्व स्वास्थय संगठनले बताए पछी न्यु टाइगर क्लब गहवाका अध्यक्षले आफ्नो टोलमा सेनेटाईजर गर्ने र्निणय गरेको छ ।
सेनिटाईजेशन र्कायक्रम आज वरिगंजको वडा नं ८ का गहवा टोलमा शुरु गरिएको सेनेटाईजर गर्नै न्यु टाइगर क्लब गहवाका अध्यक्ष मनिस कुमार प्रजापतिले बताएका छन ।
सेनेटाईजेशन गर्नेमा वडा नं ८ का वडा अध्यक्ष राजकिशोर गुप्ता, क्लबका उपाध्यक्ष राजन गुप्ता, सचिव रवि गुप्ता, सदस्य अमितराज साह,अनिल गुप्ता,ललन चौरसिया रहेको क्लबका अध्यक्ष मनिस कुमार प्रजापतिले बताएका छन् ।