वीरगञ्ज जेठ २- नेपालमा लकडाउन सुरु भएपछि नेपालमा विभिन्न ठाउँमा रोजगारीको सिलसिलामा रहनुभएका भारतीय कामदारहरुले आफ्नो घर जान खोज्दै सिमावर्ती शहर वीरगञ्ज पुगेपछि प्रहरीले लगभग ४ सय ५० जनालाई नियन्त्रणमा लिएको थियो ।
त्यसपछि जिल्ला प्रशासन, प्रहरी र भारतीय दूतावाको नेतृत्वमा उहाँहरूको क्वारेन्टाइनका लागि वीरगञ्जको ठाकुरराम क्याम्पसमा व्यवस्था मिलाइएको थियो ।
नास्ता र खानाको व्यवस्था त्यतिबेलादेखि ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले गर्दै आइरहेको छ । एका तिर क्वारेन्टाइन पूरा भएपछि भारतीयहरूको जाने क्रम जारी थियो भने अर्को्तिर थप नयाँ भारतीयहरू लाई क्वारेन्टाइनमा राख्नका लागि प्रहरीले लिएर आई आइरहेको थियो ।
वीरगञ्जमा ठूलो संख्यामा संक्रमित भेटिएपछि प्रशासनद्वारा निषेधाज्ञा लगाएको बेलामा भने यस क्वारेन्टाइनमा ९८ जना भारतीयहरु रहेका छन् ।
यस्तो चुनौतीपूर्ण समयमा पनि ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले ४३ औं दिन पनि दैनिकी दुई सय देखि चार सय सम्मलाई नास्ता र खानाको व्यवस्था मिलाउनुमा पछि परेको छैन र निरन्तर रुपमा निषेधाज्ञा जारी भएको चौथो दिन पनि खानाको व्यवस्था गर्दै आएको छ ।
यस्तो जोखिम र चुनौतीपूर्ण समयमा पनि पहिले जस्तै सुचारु रहेको ग्रीनसिटी अध्यक्ष जयप्रकाश खेतानले जानकारी गराए ।