×

बिरगंज १० बैशाख । विश्वब्यापी रुपले महामारीको फैलिरहेको (कोभेड-१९ ) नोबोल कोराना भाईरसको चेक जाँचको लागि प्रदेश २ सरकारले पिसिआर मेसिन नारायणी अस्पतालमा राखेपनि अहिले सम्म सेवा सुचारु हुन सकेको छैन ।

अखिल ने्पाल पिछडा बर्ग (OBC) पर्साका अध्यक्ष युवा नेता साहले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नारायणी अस्पतालमा पिसिआर मेसिन चैत ३० गते आईतबार देखि चेकजाच हुन्छ भने पनि आज सम्म संचालनमा किन आउनसकेन प्रशन गरेका छन् ।

अखिल नेपाल पिछडा बर्ग ( OBC) पर्साका अध्यक्ष अकलेश साहले पिसि आर मेसिन सुचारु नभएको कारणले प्रदेश २ मा रहेका जनताहरु कोरोना परिक्षण हुन नसेको कुरा एकदम निन्दनीय रहेको बताउनु भयो ।

साहले अती विपिन्न परिवार र दैनिक ज्यालादारी मजदुरी गरि खाने परिवारको लागि खाना र औषधी उपलब्ध गराउनको लागि प्रदेश सराकार र स्थानिय सरकार समन्वय गरि राहत बितरण गर्न आग्रह समेत गर्नु भएको छ।

Back to top