×

वीरगञ्ज, बैशाख ९ - पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवको क्वारेन्टाइन अवधि भोली खत्म हुनेभएको छ ।

षडयन्त्र मूलक तरिकाले सरकारले नियम उल्लंघन गरेको भन्दै राजनीतिक इशारामा उनलाई जबर्जस्ती १४ दिन क्वारेन्टाइनमा राख्न निर्देशन दिएको थियो ।

जनताको बीच सधैं ‘हाई डिमाण्ड’ मा रहने नेताको छवी बनाउन सफल हुँदै गएका सांसद् यादव दुई हप्ता जनताको सेवा गर्न नपाएकोमा सामाजिक सञ्जालबाट दुःख व्यक्त गरेका छन् ।

केहि दिन अगाडि भारतको रक्सौलस्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुसँग भेटघाट गर्न पुगेका उनलाई गृहमन्त्रालयले सेल्फ आइसोलेसनमा बस्न निर्देशन दिएको थियो ।

भगवानरुपी जनताको सेवामा भोली देखी समर्पित हुने सांसद यादवले जनाएका छन् ।

Back to top