×

बीरगन्ज ९ बैशाख । उदयपुरका थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले ३३ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ पुगेको छ।

उदयपुरका अरू ८ जनाको स्वाब विराटनगरमा परीक्षण गर्दा उनीहरूमा पनि कोरोनाको संक्रमण देखिएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अुनसार ती ८ जनाको स्वाब पुनस् परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। ती ८ जनालाई उपचारका लागि उदयपुरबाट धरान पठाइएको छ।

Back to top