×

बिरगन्ज ९ बैशाख । सोमबार रातिको हावाहुरीले पर्सामा रहेका ३ वटा एफएम रेडियोमा पनि क्षति पुरयाएको छ। हावाहुरीले वीरगन्जमा रहेको सामुदायिक रेडियो नारायणी एफएम , सान्भी एफ एम र पोखरीयको रेडियो पोखरीयाको टावरमा क्षति पुर्‍याएको हो। तीन वटै एफ एम रेडियोको सोमबार राति देखि नै प्रशारण रोकिएको छ।

सोमबार रातिको हावाहुरी र पानीले पर्साका विभिन्न स्थानमा रहेका घर र कृषि बालीमा पनि क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ। घर र कृषि बालीमा भएको क्षतिको विवरण संकलनको काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

Back to top