वीरगञ्ज – कोभिड-१९ अर्थात कोरोनाभाइरसको सन्त्रासले गर्दा सम्पूर्ण विश्वनै लकडाउनमा रहेको छ । जनताको स्वास्थ्य, शुरक्षा र कोरोना सङ्क्रमणलाई थप फैलनबाट रोक्नका लागि लगाईएको लकडाउनले भने दैनिक ज्यालादार गर्नेलाई अर्को पिडा थपेको छ ।
दैनिक ज्यालादारी गर्ने र गरिवहरुलाई आफ्नो छाक टार्न समस्या परेको बेला पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया उनीहरुको मसिहा बनेर माथि आएका छन् । अध्यक्ष चौरसियाले गाउँपालिकाको कुनै व्यक्तिलाई भोकै रहन नदिने अठोट लिएर राहत वितरण गर्ने निर्णय गरेका छन् ।
अध्यक्ष चौरसियाको सभापतित्वमा बिहिबार बसेको सर्वदलिय बैठकले राहत वितरणको प्रत्येक प्याकेजमा चामल १० किलो, आलु २ किलो, प्याज १ किलो, मसुरदाल ५०० ग्राम, स्वयाबिन ५०० ग्राम, नुन १ किलो तेल ५०० ग्राम, र चना ५०० ग्राम दिने निर्णय गरेको थियो ।
बैठकले गाउँपालिकाको विकास बजेटबाट रकम रमान्तरगरि राहत वितरण गरेको अध्यक्ष चौरसियाले बताए । उनले संघीय र प्रदेश सरकारले उपलब्ध गराएको राहत रकमलाई संघ र प्रदेश सरकारको कार्यालयबाट आउने निर्देशन अनुसार प्रयोग गर्ने जानकारी समेत गाराए ।
बैठकमा प्रमुख प्रशाशकिय अध्यक्ष महेश प्रसाद सिंह, उपाध्यक्ष कुशुमी देवि, नेपाली काङ्ग्रेसका बिध्याकांत पाण्डे,सामाजवादी पार्टिका शिवपुजन चौरसिया, नेकपा तथा प्रदेश नं २ सदस्य तेज प्रकाश निषाद र राजपाका गोविन्द प्रसाद यादव लगायत गाउँपालिकाका सम्पुर्ण वडा अध्यक्षहरुका उपस्थिती रहेको थियो ।
चौरसियाले निर्णय मात्र नगरेर राहत वितरणको अनुगमन समेत गरेका छन् । अध्यक्ष चौरसियाले आज गाउँपालिकाको वडा नं. ४ मा वितरण भएको राहतको अनुगमन गरेका हुन् । गाउँपालिकाले राहत वितरण कार्यलाई निरन्तरता दिने बताउदै जनतालाई कुनै समस्या परे गाउँपालिकालाई सम्पर्क गर्न आग्रह समेत गरेको छ ।