वीरगन्ज २७ चैत । लकडाउनको अवधि बैसाख १० गतेसम्म जाने निश्चित प्राय भएको छ । एक मन्त्रीले दिएको जानकारी अनुसार एकैपटक थप्दा जनतामा निराशा हुने हुनाले केहि दिन अघि एक हप्तालाई मात्र भनिएको तर अर्को एक हप्ता पनि लकडाउन थप्ने तयारी रहेको खुलासा गरेका हुन् ।
'हुन त प्रधानमन्त्रीज्युले पनि हिजोको सम्बोधनमा घुमाउरो पारामा आउने परिस्थितिबारे बताउनुभएको थियो । बैसाख १० गतेसम्म लकडाउन हुनेचाहिं 'कन्फर्म' हो ।' उनले भने । उनले लकडाउनको विकल्प नभएको दोहोर्याउँदै भने, 'धेरै ठाउँमा लकडाउनको उल्लङ्घन भएको छ । यसलाई थप कडाइ कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको छ । तर लकडाउन बैशाख १० गतेसम्म जान्छ ।' ती मन्त्रीले भने ।
अघिल्लोपटक पनि तिनले लकडाउन बढाउने तयारी भएको बताएका थिए । सोहि अनुसार लकडाउन बढेको थियो । उनले पुन: १० गतेसम्म लकडाउन हुन्छ भन्ने कुरालाई विश्वास गर्ने आधार पनि यहि हो । साभार arthasarokar.com