विरगञ्ज, चैत २५ - विश्वस्तरमा महामारी बनेको कोरोन भाइरस अर्थात कोभिड १९ को गम्भीरतालाई हेर्दै संघीय सरकारले लगाएको लकडाउन सराहनीय छ ।
जनताको स्वास्थ्यलाई ख्याल गर्दै संक्रमणलाई थप फैलनबाट रोकथामका लागि सरकारले लगाएको लकडाउनमा सबैको सहयोग आवश्यक छ तर लकडाउनले हामि शुरक्षित भएपनि दिनहु ज्यालादारी गरे आफ्नो पेट पाल्न मजदुर र निम्न वर्गका व्यक्ति भने भोकमरीको चिन्ताले विलिन छ ।
दिनभरि महिनेत गरेर आफ्नो परिवार पाल्ने मजदुर, रिक्सा चालक, खलासीलगयात निम्न वर्गका व्यक्ति कोरोनाले दोहोरो मारमा परेका छन् ।
यस्ता गरीब परिवारसँग खान खाने पैसा सम्म नहुँदा विरगञ्जका जगत शाह कानु भने उनीहरुको लागि मसिहा बनेका छन् । कानुले नारायणी अस्पताल विरगञ्जमा कोही भोकै नरहोस भन्ने सोचेले विगत १० दिन भन्दा बढी समय देखि त्यहाँका बिरामी, कुरुवा र अन्य बाहिरका व्यक्तिलाई समेत नि:शुल्क खाना खुवाई रहेका छन् ।
विरगञ्ज महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष समेत रहेका कानु पहिले पानि यस्ता परोपकारी कार्यहरु गरेर जनताको चहिता नेता बनेका हुन् ।