×

वीरगञ्ज २३ चैत । कोरोना भाइरस (कोभिड–१९) का कारण अर्थसामाजिक दैनिकीमा परेको असर न्यूनीकरणका लागि भन्दै सरकारले आइतवार राहतको प्याकेज घोषणा गर्‍यो ।

सर्वसाधारणको दिनचर्यादेखि आर्थिक क्षेत्रका समस्या सम्बोधन गर्ने उद्देश्यले ल्याइएको राहतका बारेमा वीरगञ्ज क्षेत्रका उद्योगी/ व्यवसायीहरु के भन्छन् त ?

उनीहरुको भक्सपप प्रस्तुत गरिएको छ । उद्योगीहरु मध्ये नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का उपाध्यक्ष अशोककुमार वैद सरकार समस्याप्रति गम्भीर छ भन्ने सन्देश दिएको बताउँछन् ।

उनी भन्छन्, ‘कोरोना भाइरसको संक्रमणले पारेको असर न्यूनीकरणका लागि सरकारले अहिले जेजति राहत ल्याएको छ, त्यो प्रशंसनीय छ । नेपालको उद्योग व्यापारमा पर्न गएको नकारात्मक प्रभावको निकासमा यसले राहत पुग्ने अपेक्षा गरिएको छ ।

संकटको यो अवस्थामा सरकारका अर्थमन्त्री डा युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उद्यमी व्यवसायीलाई समाधानका विषयमा फोन गरेरै सुझाव माग्नुभएको थियो । यसलाई सरकार समस्याप्रति गम्भीर छ भन्ने सन्देशको रुपमा लिइनु पर्दछ । कोरोनाको असरका बारेमा थप अध्ययन गरेर सरकारले भविष्यमा देखिने समस्या पनि सम्बोधन गर्नेमा आशावादी हुन सकिन्छ । ’

Back to top