×

सन्जय सहनी,रौतहट २२ चैत । रौतहटको चन्द्रपुर नगरपालिकाको एउटा गाई फर्ममा आगलागी हुँदा लाखौंको क्षति भएको छ। चन्द्रपुर नगरपालिका २ जुडिबेलामा रहेको काशी गाई फर्ममा शनिबार बिहान बिधुत सर्ट भएर गाई फर्ममा आगलागी भएको फर्मका संचालक नबराज उप्रेतीले बताएका छन।

आगलागीबाट एउटा घर पूरै जलेको र घरभित्र रहेको खाद्यन्न समानहरु जलेको उनले बताए। आगलागीबाट करिब ९ लाख बराबरको क्षति भएको उनको भनाइ छ। फर्ममा रहेका चारवटै गाईलाई भने जोगाउन सफल भएको संचालक उप्रेतीले जानकारी दिए। चन्द्रपुर नगरपालिकाको दमकल, प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको छ।

Back to top