वीरगन्ज २० चैत । विश्वभरी नै कोरोना भाइरस महामारीको रूप लीइ सकेको छ । कोरोना संक्रमणको चपेटमा परी विश्व कै अर्थतन्त्र तहस नहस हुन पुगेको छ । अति नै तीब्र गतिले मानव देखी मानवमा फैलाने यो सरुवा रोगको कारण नेपाल सँगै विश्व कै लगभग हरेक देशमा ४/५ हप्ता देखी लकडाउन या त पूर्णत बन्द अवस्थामा छ ।
आर्थिक, सामाजिक आपत परेको यो महासंकटको समयमा नेपालको कुंवारी बैंक, प्रदेश - २ को कोरोना भाइरस संक्रमण, रोकथाम, नियंत्रण तथा उपचार कोषमा दश लाख रुपैया सहयोग गरेको छ । कुमारी बैंकद्वारा गरिएको आर्थिक सहयोगको मानवीय पहलमा कुमारी बैंक प्रदेश-२ का प्रमुख सिद्धार्थ सिंहको बिशेष भूमिका रह्यो । कोरोना भाइरस देश र प्रदेशको लागी महासंकट हो , संकट को यो समयमा कुमारी बैंक प्रदेश -२ सरकार सँगै छ र भबिष्यमा पनि हुनेछ, प्रमुख सिंहले भन्नु भयो ।
आज जनकपुर स्थित मुख्यमंत्री कार्यालयमा सोशल डिस्टेंसिंगको मर्यादा कायम गर्दै भेंटघाट कार्यक्रम भयो। सोही कार्यक्रममा कुमारी बैंक प्रदेश-२ का संचालक अधिकृत रंजीत कुमार यादव उपरोक्त रकम बराबर को चेक मुख्यमंत्री लालबाबू राउत गद्दी लाई हस्तांतरण गर्नु भयो । यो भेटघाट कार्यक्रममा कुमारी बैंक जनकपुर शाखाका शाखा प्रबंधक संजय कुमार कर्णको पनि उपस्थित थियो ।