वीरगन्ज १९ चैत । पर्साको पोखरीया अस्पतालमा स्थापना गरिएको आईशोलेसन वार्ड आजदेखि संचालनमा भएको छ ।
राष्ट्रिय जनता पार्टीका सह महासचिव एवं समाजसेवी नेजामुदीन समानीले आईशोलेसनको लागि आवश्यक केहि उपकरणहरु उपलब्ध गराएपछि बुधबारदेखि आईशोलेसन वार्ड संचालनमा आएको हो ।
महासचिव समानीले अस्पताललाई दश थान पिपिई सेट, सेनिटाईजर, मास्क र क्याल गुरुपद्धारा उपलब्ध गराईएको ५ सय थान ग्लब्स, थरमल गन (ज्वरो जाँचने मेसिन) उपलब्ध गराएपछि आईशोलेसन वार्ड संचालनमा आएको हो ।
चिकित्सकहरुले पिपिईकै बहानामा क्वारेन्टाईनमा आउँने संक्रमणका शंकास्पद व्यक्तिलाई चेकजाँच गर्न पछि हटेका थिए । समाजसेवी समेत रहेको महासचिव समानीले भने,‘विभिन्न सहयोगीदाताहरुको सहयोग लिएर चेकजाँचमा कुनै प्रकारको बाधा अवरोध नहोस् भन्ने उद्देश्यले आवश्यक समाग्री सहयोग गरेको बताए ।
उनले ल्याएका समाग्री अस्पतालका चिकित्कसक अनिल यादवलाई हस्तान्तरण गरेको थिए । कार्यक्रममा पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियार, उपमेयर सलमा खातुन, वार्ड अध्यक्ष लक्ष्मण साह लगायतको उपस्थिती रहेको थियो ।
पर्साको पोखरीया नगरपालिकाले ९ बेडको क्वारेनटाईन र ३ वेडको आईशोलेसन वार्ड तयार गरेको थियो । श्री जिल्ला उच्चांगल रामदेव कलवार उच्च माध्यमिक पोखरीयामा ९ बेडको क्वारेन्टाईन र पोखरीया अस्पतालमा ३ वेडको आईशोलेसन वार्डको तयारी गरिएको थियो ।
विश्वब्यापी रुपमा महामारीको रुपमा रहेको कोरोना भाईरसको प्रकोप बढदै गईरहेकोले पोखरीया नगपालिकाले पूर्व तयारीको रुपमा आफूसंग भएको श्रोत र साधनको प्रयोगले क्वारेनटाईन र आईशोलेसन वार्डको तयारी गरेको थियो तर यसका लागि आवश्यक उपकरण समयमा उपलब्ध नभएपछि पूर्णरुपमा संचालनमा आएको थिएन ।