वीरगञ्ज १९ चैत । राहत वितरणको बिषयमा आज बीरगन्ज महानगपालिका वडा नम्बर १९ विन्दबास्नीमा दुई पक्ष बिच झडप भएको थियो ।
उपेन्द्र यादव पक्ष र प्रभु यादव पक्ष बीच झडपमा करिब १५ जान घाइते भएका छन । उपेन्द्र पक्षको ३ जान र प्रभु यादव पक्षको १३ जना घाइतेहरुको अहिले नारायणी अस्पतालमा उपचार भईरहेको छ।
बीरगन्जमहानगरपालिका वडा नम्बर १९ बिन्दबास्नीमा टोलमा ५०० जना र बर्वाटोलमा २०० जनालाई राहत दिने सहमति भएको थियो ।
बर्वाटोलमा थप १० जना बदी भए पछि बिवाद शुरु भएको थियो । सन्तोष तिवारीको अध्यक्षतामा राहत वितरण कार्यक्रम तय भएको थियो ।