वीरगन्ज १७ चैत । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको विरामीको मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका– २२ का २५ बर्षका विजय कुशवाहलाई उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको हो । काठमाडौंको त्रिवि शिक्षण अस्पताल पुर्याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका आफन्त महेश कुशवाहले बताए ।
कोरोना संक्रमितमा देखिनेजस्तै लक्षण देखिएको भन्दै पर्साको नेशनल मेडिकल कलेजले काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा रिफर गरिदिएको थियो ।
थ्रेसरमा मुसुरो कुट्ने क्रममा खुट्टामा घाउ लागेको उनको स्थानीय मेडिकलमा टाँका लगाइएको थियो । त्यसको भोलिपल्टदेखि ज्वरो आउन थालेपछि अस्पताल भर्ना भएका थिए । त्यसपछि चिकित्सकले उपचार गर्न नमानेको आफन्तले बताएका छन् ।
नेशनलपछि नारायणी अस्पतालमा प्रारम्भिक परीक्षणका क्रममा चिकित्सकले ‘सेप्टी सेमिया’का कारण बिरामीको खुट्टाको घाउ र छातीमा संक्रमण देखिएकोले सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर गरेका थिए ।
त्यसपछि राति नै विरामीलाई वीरगञ्ज हेल्थ केयर, गण्डक अस्पताल पुर्याए पनि दुवै अस्पतालले विरामी उपचार गर्न अस्वीकार गरेको थियो ।
https://yatradaily.com/2020/03/29/%e0%a4%b8%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%96%e0%a4%be-%e0%a4%96%e0%a5%8b%e0%a4%95%e0%a5%80-%e0%a4%b0-%e0%a4%b9%e0%a4%b2%e0%a5%8d%e0%a4%95%e0%a4%be-%e0%a4%9c%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%8b/