×

 

वीरगन्ज १७ चैत । अब सातै प्रदेशमा कोरोना परिक्षण हुने भएको छ । त्यसको लागि सरकारले अस्पताल तथा स्वास्थ्यकर्मी समेत तोकेको छ । जस अनुसार प्रदेश १ मा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना परिक्षणको लागि तोकिएको छ ।

प्रदेश २ को जनकपुर, प्रदेश ३ को लागि हेटौँडा लगायत सबै प्रदेशमा कोरोना परिक्षण गरिने व्यवस्था सरकारले गरेको छ । त्यस्तै अहिलेसम्म सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परिक्षण तथा उपचार हुँदै आइरहेको छ ।

हालसम्म नेपालमा ५ जना कोरोना संक्रमित विरामी देखिएका छन् । उनीहरुको उपचार समेत टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा भैरहेको छ । सबै प्रदेशमा कोरोनाको परिक्षण गरिने सरकारको निर्णयसँगै थप सहज हुने देखिन्छ ।

Back to top