बीरगंज १६ चैत्र । विश्वभरी माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोविड–१९ ले विश्वलाई आतंकित बनाइ ज्यान लिइरहेको अवस्थामा सम्पूर्ण पर्सा जिल्लावासीलाई पर्सा जिल्ला प्रशासन कार्यालयले विदेशबाट फर्केका मानिसहरुको विवरण तयार गरी पठाउन आदेशानुसार अनुरोध गरेको छ ।
प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले पर्सा जिल्लाका सबै स्थानीय तहलाई आइतबार सूचना प्रकाशित गरी विगत १४ दिन यता भारत लगायत अन्य मुलुकहरुबाट के कतिजना मानिसहरु भित्रिएका छन् त्यसको विवरण तोकिएको ढाँचा अनुसार तयार गरी दुई दिन भित्र जिप्रकाको ईमेल [email protected] मा पठाउन निर्देशन दिएको हो ।
उक्त विवरणले स्थानिय वस्ती वा समूदायमा कोरोनाको कारण हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न सकिने उद्देश्यले सम्पूर्ण विवरण माग गर्नुका साथै यो सूचना सबैलाई थाहा होस् भनी सबैमा शेयर गर्न पनि अनुरोध गरिएको छ ।