वीरगंज ३ चैत । वीरगंजमा कोरोनाको आशंकामा उपचार गराउन आएका युवामा कोरोना नभएको पुष्टि भएको छ । रुगाखोकी र सामान्य ज्वरो उपचार गराउन वीरगंजस्थित नारायणी अस्पताल पुगेका युवकलाई कोरोनाको आशंका भएको समाचार विभिन्न संचार माध्यमले बताएका थिए ।
तर नारायणी अस्पतालका चिकित्सकका अनुसार युवकलाई मौसमी फ्लु र रुगाखोकी मात्र लागेको थियो । उनि उपचार गराई घर फर्किसकेका छन् ।
भारतको दिल्लीमा अध्ययन गरिरहेका ती २२ वर्षीय युवक भर्खरै केहि दिन अगाडी पोखरियामा आफ्नो घर फिर्ता आएका थिए । समान्य रुघा खोकी, ज्वरो भए पछि उनि कोरोना भाईरसको आंशका गर्दे उनी पोखरीया ईलाका प्रहरी प्रमुखको सहयोगमा वीरगंज नारायणी अस्पतालमा चेकजाच गराउन ल्याईएको थियो ।
नारायणी अस्पतालका चिकित्सकले चेकजाच पछि समान्य रुघा खोकी, ज्वरो रहेको र उनी उपचार पछि घर पठाईएको जानकारी गराए ।