वीरगञ्ज, फागुन २० - पोखरिया नगपालिकामा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
पोखरिया वडा नं. ४ बस्ने राजेश चौहानका डेढ वर्षिय छोरा विकास चौहानको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
विहान ८ बजे घर नजिकै रहेको पोखरीको डिलमा खेली रहेकाे बालक पोखरीमा डुबेको थियो । बालकको उद्धार गरेर वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याउने करमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले जानकारी दिए ।