वीरगञ्ज, फागुन १९ - जिल्ला प्रहरी कार्यालय पर्साले अबैध घरेलु मदिरा नष्ट गरेको छ । '
विशेष सूचनाको आधारमा वीरगञ्ज - पथालिया सडक खण्डमा प्रहरी चेकजाँच गर्ने क्रममा विभिन्न बसहरुमा फेला पारेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार जफत गरिएको ५०० लिटर घरेलु तैयार मदिरा नष्ट गरिएको छ ।
वीरगञ्ज-पथलैया सडक खण्डमा चेकजाँच गर्ने क्रममा आइतबार फेल मदिरा प्रहरीले शोमबार स्थानीय तथा सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरेको जनाएको छ ।