×

वीरगञ्ज, फागुन १९ - वीरगञ्जमा हुन लागेको अभियन्ता सम्मेलन २०२०, प्रदेश २, नेपाललाई अझ विस्तृत, समग्र र ग्राउन्डेड बनाउने तयारी समितिले निर्णय गरेको छ ।

अभियन्ता सम्मेलनको तयारी समिति बैठकले सम्मेलनलाई अझ बिस्तृत, समग्र र ग्राउन्डेड तथा प्रत्येक गाउँभित्र पस्ने गरी आयोजना गर्नुपर्ने ठोस प्रतिक्रिया तथा प्रतिबद्धताहरुसहित थप मार्ग देखाएको जनाएको छ ।

त्यसअनुरुप, अभियन्ता सम्मेलन २०२०, नेपालको मुल समारोह आयोजना गर्नु अघि प्रिइभेन्टको रुपमा यस सम्मेलनलाई गाउँ–गाउँ प्रवेश गराउनु पर्ने निर्णय गरेको भोरका अध्यक्ष राजकुमार महतोले जनाएका छन् ।

प्रदेश २ का १३६ वटै स्थानीय तहमा अभियन्ता सम्मेलनलाई प्रवेश गराउने र प्रत्येक पालिकास्तरमा गएर गाउँ समाजमा सेवा गरिरहेका र बाहिर नदेखिएका अभियन्ताहरुसहित सबै अभियन्ताहरुको खोजि गर्नुपर्ने निर्णय गरेको छ । यसरी प्रत्येक पालिका स्तरबाट अभियन्ताहरुको नामावली तयार गरिनेछ ।

प्रत्येक पालिका अनुसारको अभियन्ताहरुको नामावली तयार भए पछि, प्रदेश २ का आठ वटै जिल्लामा जिल्ला स्तरीय एक दिने अभियन्ताहरुको सेमिनार आयोजना गरिनेछ, जहां अभियन्ताहरुलाई अभियन्ता सम्मेलन २०२०, नेपालको बारेमा अभिमुखिकरण गर्ने, अन्य आवश्यक विषयवस्तु र मुद्धाहरुमा अन्तरक्रिया गर्ने र अभियन्ता प्रोफाईल प्रकाशनको लागि अभियन्ता प्रोफाइल फरमेट त्यही बेला भर्न लगाउने निर्णय गरेको छ ।

यसरी प्रदेश २ का आठ वटै जिल्लामा जिल्ला स्तरीय अभियन्ता सेमिनार सम्मपन गरे पश्चात प्रदेश स्तरीय अभियन्ता सम्मेलनको मुल समारोह आयोजना गरिनेछ जुन कि ८ मार्च २०२० अर्थात २५ फागुन २०७६ कोलागि तय गरिएको थियो । अब अभियन्ता सम्मेलन २०२०, प्रदेश २, नेपालको मुल समारोह आयोजनको प्रस्तावित नयां तिथी अगामी जेठ १६ – १७, २०७७ (२९ – ३० मे २०२०) रहेको छ । यस दिन वीरगञ्जमा भव्य, चुस्त, प्रभावकारी तथा उपलब्धीमुलक रुपमा अभियन्ता सम्मेलन २०२०, प्रदेश २, नेपाल आयोजना गरिनेछ ।

यो प्रक्रियालाई अगाडी बढाउन यही चैत्र ८, २०७६ शनिवारको दिन सर्लाही जिल्लाको चन्द्रनगर गांउपालिका, नाढी तालमा प्रत्येक जिल्लाबाट ५ देखि ८ जना सम्मको प्रतिनिधिमुलक, सक्रिय तथा नेतृत्व लिन सक्ने अभियन्ताहरुको बैठक आयोजना गर्ने निर्णय गरिएको छ । त्यस बैठकबाट माथि उल्लेखित कार्यहरु सफलता पुर्वक सम्पन्न गर्ने ठोस बिस्तृत कार्य योजना तयार गरिनेछ ।

Back to top