वीरगन्ज ४ माघ । हामी औषधि नियमित रुपमा सेवन गर्छौ, तर कुन समयमा सेवन गर्नुपर्छ भन्ने कुरामा खासै ध्यान दिएको पाइदैन |
कुनै पनि औषधि सेवन गर्ने समय ले पनि रोग निको पार्न को निम्ति महत्वपूर्ण भूमिका खेल्छ|मानब शरीर को अंग हरु बिभिन्न समयमा सक्रिय भइरहेको हुन्छ,गलत समय मा औषधि सेवन गर्दा औषधि को अपेक्षाकृत कार्य क्षमता कम हुन्छ |
सहि समय र निश्चित समय अबधी सम्म औषधि सेवन नगर्दा रोग निको पार्न को लागि प्रयोग गरेको औषधि झन रोग निम्त्याउने समस्या हुन् जान्छ |कुनै पनि औषधि सेवन गर्नु अघि औषधि को बारेमा सम्पूर्ण जानकारी र्फार्मासिस्ट संग लिनु पर्दछ |
कोलेस्टोरल कम गर्ने औषधि राति सुत्नुअघि सेवन गर्दा बढी प्रभावकारी हुन्छ
एलर्जी को औषधि राति सुत्नुअघि सेवन गर्नुपर्छ (निद्रा लाउने भएको गर्दा)
उच्च रक्त चापको औषधि राति सुत्नुअघि सेवन गर्दा बढी प्रभावकारी हुन्छ यदपि कुनै औषधि ले राति निद्रा मा समस्या ल्याउने भएको गर्दा तेस्तो औषधि बिहान प्रयोग गर्नु उचित हुन्छ(प्रोपनोलोल, मेटोप्रोलोल)
होर्मोनल औषधिहरुलाई बिहान को समय सेवन गर्दा बढी प्रभावकारी हुन्छ(थाइरोकिसिन्, प्रेडीसोलोन)
डिप्रेसनको औषधिको सेवन गर्दा निन्द्रा लाग्ने हुदा सुत्नु अगी सेवन गर्नु राम्रो हुन्छ, यदपि कुनै औषधि ले राति निद्रा मा समस्या ल्याउने भएको गर्दा तेस्तो औषधि बिहान प्रयोग गर्नु उचित हुन्छ
ग्यास्ट्रिक कम गर्ने औषधि प्राय जस्तो बिहान खाली पेटमा खानु पर्ने हुन्छ , आवश्यकता अनुसार अरु समयमा पनि खान मिल्छ |
रगतपातलो गराउने औषधि राति सुत्नुअघि सेवन गर्दा बढी प्रभावकारी हुन्छ(वार्फरिन)