×

 

वीरगन्ज ३ माघ । वीरगन्ज महानगरपालिकाको सम्झौताविपरीत तोकिएकोभन्दा चारगुणा बढी कर उठाइएको पाइएको छ । महानगरपालिकाले पटके सवारी करको ठेक्काको जिम्मा दिएको एच एण्ड जे टे«डर्स परवानीपुरले सम्झौताविपरीत पटके सवारी कर उठाएको हो ।

महानगरपालिकाको सम्झौताविपरीत पेट्रोलिय पदार्थ ढुवानी गर्ने ट्यांकर चालकसंग गाडी रोकेर जबरजस्ती १६९ रुपैया पटके सवारी कर असुल उपर गरेको भन्दै ट्यांकर चालकहरु आन्दोलित भएका छन् ।

वीरगन्जको वाईपास रोडस्थित लक्ष्मणवा चोकमा पटके कर असुल उपर गर्न राखिएको ढाट्मा ट्यांकर चालकहरु गाडी तेर्साएर करको विरोध गरेका हुन् ।

वीरगन्ज महानगरपालिकाले ठेकेदार सम्पनीसँग गरेको ठेक्कासम्बन्धी सम्झौता पत्रमा ट्याक्टर नलेखिएको भएपनि ठेकेदार कम्पनीले दादागिरी देखाएर ट्यांकर रोकी कर असुल गरीरहेको नेपाल पट्रोलिय ढुवानी व्यवसायी महासंघका केन्द्रिय सदस्य विनोद मानन्धरले बताए ।

उनले भने, ‘विगतमा पनि ट्यांकर संग कर असुल्ने काम भएको थिएन, अहिले पनि अन्य सवारीसाधनबाट ४० रुपैया उठाउँने पर्ने करमा चौब्बर कर असुल्ने काम गरेर व्यवसायीलाई माने काम गरीरहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष हबिब मियाँले नै पटके सवारी कर उठाउँने ठेक्का लिएका छन् । उनको कम्पनी एच. एन्ड. जे. ट्रेडर्स, परवानीपुरले २१३ दिनको लागि महानगरपालिका संग ३ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको छ ।

ठेकेदार कम्पनीले भारीय सवारीसाधनको हकमा ६ चक्काको रु. २ सय, ६ देखि १० चक्काको रु. २५०, १० चक्काभन्दा माथि रु. ३ सय, भाडाको कार, जीप, टैक्सी संग रु. १ सय, भाडाको टेम्पु, ई रिक्सा रु. १ सय, मिनिबस र ट्रक संग रु १ सय उठाउँनुपर्ने गरी महानगरले ठेकेदारलाई शुल्क तोकेको छ ।

तर, ठेकेदार प्रतिनिधिहरुले दस्तुरभन्दा पनि चौब्बर रकम उठाउँन थालेपछि चौतर्फी विरोध हुन थालेको छ । यसअघि ताकिएको भन्दा बढी रकम उठाउँन थालेपछि गत पौष २७ गते एकिकृत भंसार जाँचचौकी एक दिन बन्द नै रहेको थियो । गत बर्षको तुलनामा यस बर्ष दोब्बर चौब्बर शुल्क बढाएको भन्दै चालकहरुले विरोध गर्दै सम्पूर्ण सवारीसाधन बन्द गरेपछि जाँचचौकी पूर्णरुपमा प्रभावित भएको थियो ।

https://www.facebook.com/vinod.manandhar1/videos/1715943035207626/

Back to top