×

बीरगंज २६ चैत्र । नेपालि कांग्रेस पर्साका सभापति अजय दिवेदीले बीरगंज महानगरपालिकाको नेतृत्व पुर्ण रुपमा फेल भएको बताउनुभएको छ ।

आज एक रेडियो कार्यक्रममा अन्र्तवार्ता दिदै सभापति दिवेदीले बिमल श्रीवास्तव र आफु बाहेक अहिले बीरगंजलाइ बुझ्ने नेतृत्व नआएको दाबी गर्नुभयो । महानगरपालिकाका नगरप्रमुख बिजय सरावगी सफल ब्यबसायि भएपनि राजनितिमा असफल भएको बताउँदै सरावगिको कार्यकालमा महानगर चौतर्फी रुपमा तहसनहस भएको आरोप लगाउनुभयो ।

एक फरक प्रसंगमा बीरगंजमा अश्वमेध महायज्ञ गरेर हजारी मल धर्मशाला भुमाफियालाई सुम्पने खेल भएको बताउँदै भुमाफियालाइ धर्मशाला कब्जा गर्नबाट रोक्न नगरबासि जुट्नुृपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले असफल नगरनेतृत्वको कारण नगरवासिलाई करको भार थुपारिएको तथा एडिबि र शहरी बिकासले गरेको बिकास निर्माणका योजना बाहेक महानगरपालिकाले सिन्को नभाँचेको दाबि गर्नुभयो ।

Back to top