सन्जय सहनी,रौतहट गौर २५ चैत । पुर्व मन्त्री एव प्रदेश न दुइका नेकपा अध्यक्ष तथा रौतहट क्षेत्र न ३ का सान्सद प्रभु साहले नेपाली कांग्रेसका नेताहरु संघीयतालाई धरापमा पारी देशमा अराजकता कायम गर्न बिभिन्न बखेडामा लागीरहेको आरोप समेत लगाएका छन ।शनिबार रौतहट वीरेन्द्र राजमार्गको हर्षाहादेखि खतवहियासम्म करिब आठ किलोमिटर र सखुअवादेखि देवाहीसम्म पाँच किलोमिटर पक्की सडकको शिलान्यास कार्यक्रममा बोल्दै नेता साहले
नेपाली काङ्ग्रेस कहिले राजतन्त्रको लागि जनमत संग्रह त कहिले हिन्दु राज्यको लागि जनतम संग्रह गर्ने हल्ला फिजाइ देस र नेपाली समाज बर्बाद गर्न उल्टो हिडाई सुरुगरेको बताए ।
सतापक्षको लागी प्रतीपक्ष पनी त्यतीकै महत्वपुर्ण हुनेहुँदा कांग्रेसी नेताहरुको सदबुद्धी पलाएर विकास निर्माणमा सरकार लाई सहयोग गर्नुको साटो देश अनि जनतालाइ बर्बाद पार्ने खेल खेलिरहेको उहाँको भनाइ थियो ।प्रदेश न दुइ सरकारको काम कर्तव्य र गतिविधि बारे बोल्दै नेता साहले
प्रदेश सरकारको गतिविधिले गर्दा प्रदेशका नागरिकको सम्मानमा ठेस लागिरहेको बताए । करिब सबै प्रदेशको भन्दा बढी मन्त्री पालेर प्रदेश सरकारले अन्य प्रदेश सरकारको तुलनामा खासै केही काम नगरेको र संघीय सरकारले काम गर्न नदिएको आरोपको लगाउने गरेको सुनेर प्रदेश सरकारबाट नागरिक अपमानित महसुस गरेको साहले जिकिर गरे।
एकै दिन दुई ठाउँमा पक्की सडकको शिलान्यास गरेका साहले मन्त्री राख्न प्रदेश सरकारले नरोकेको, प्रदेशको बजेट हरेक स्थानीय तहमा केही लाखको दरले पठाएर कार्यकर्ता पाल्न सरकारले नरोकेको तर राम्रो काम गर्न सरकारले रोकेको भन्दै जहिले पनि गुनासो गरेर नथाक्ने प्रदेश सरकारको रबैयाले नागरिक आजित हुन लागेको आरोप लगाए। प्रदेश सरकारको गठन कार्यकर्ता पाल्नको लागि भएको हो कि विकास गर्न भनी साँसद साहले प्रश्न गर्दै प्रदेश सरकारले आफ्नो समीक्षा आफैँले गर्नुपर्ने समय आएको बताए ।
प्रदेश सरकारले आफूले कामै नगर्ने र अरुले गर्न खोजेको काममा आफ्ना कार्यकर्तामार्फत भाँजो हाल्ने गरेको आरोप लगाउँदै नेकपाको प्रदेश अध्यक्ष साहले प्रदेश सरकारले के गरेको हो भनी उपलब्धि जनताले पनि गर्नुपर्ने अवस्था आएको बताए ।
साँसद साहले लोकतन्त्र जनअभिमतको आधारमा चल्नुपर्नेमा कतिपय अवस्थामा व्यक्तिवादितातर्फ गइरहेको संकेत देखिएको पनि बताए ।
देवाही गोनाहीमा स्थानीय सरकारको बहुमत उपमेयरको साथमा रहेकोले मेयरले गत असारमै गर्नुपर्ने नगरसभा अहिलेसम्म नबोलाएको सहमतिको बाटो दुवै पक्षले खोज्नुपर्ने साहले आग्रह समेत गरे।शिलान्यास
दुवै बाटाको निर्माण दुई वर्षमा सम्पन्न हुने गरी दुई निर्माण कम्पनीले सकार गरेका छन् । सडकको निर्माण सम्पन्न भएपछि भित्री ग्रामीण पनि सडक सञ्जालको लाइफलाइनमा जोडिने छन् । दुवै सडकबाट करिब एक दर्जन गाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने देखिएको छ ।
कार्यक्रम संघीय साँसद समिना हुसैन, प्रदेश साँसद कुन्दन कुशवाहा, नागेन्द्र यादव, राजन यादव ,कटहरिया नपाका मेयर शियाराम कुशवाहा,लगायतका वक्ताहरुले जनताको चाहना विकास भएकोले विकासको लागि सबै मतभेद हटाएर एकजूट हुनुपर्ने बताए।कार्यक्रम देवाही गोनाही नपाका उपमेयर परनिया देबि पटेलको अध्यक्षतामा भएको थियो ।