वीरगंज २२ पुस । धर्मेशको वीरगंजमा आयोजना गरिएको कार्यक्रम भएको छ । वीरगंज सिटि डान्स एकेडेमीले आयोजना गरेको कार्यक्रममा आयोजकले दर्शकहरुलाई झुक्याएको दर्शकहरुको आरोप छ । भारत लगायत विश्वमा नै डान्सको दुनियाँमा ख्याती कमाएका डान्सर तथा अभिनेता धर्मेश सरको वेजोड प्रस्तुती रहेको प्रचार प्रसार गरी आयोजकले दर्शकलाई ठगेकोछ ।
धर्मेशको नृत्य हेर्न आदर्श नगर रंगशालामा पुगेका दर्शकहरुले ३ मिनेट मात्र धर्मेशलाई हेर्न पाए । दिउँसो दुई वजे देखि धर्मेश आउँदैछन् भन्दै कार्यक्रमको होस्ट हेमन्त तमाङ्गले वताइ रहे र दर्शकहरुलाई रोकी रहे ।
तर धर्मेशको आगमन वेलुका सात वजे तिर आदर्शन नगर भयो । उनी प्रवेश गरेको केहि वेरमै उनलाई स्टेजमा आमन्त्रण गरियो । धर्मेशले स्टेजमा ५ मिनेट भन्दा वढी समय भने दिएन । उनले ३ मिनेटको एउँटा गीतमा डान्स गरे हेलो वीरगंज क्या हाल है भने र कार्यक्रमको प्रायोजक सालीमार सिमेन्टका संचालनक वीरगंजका चर्चित उद्योगी अशोक वैध लगायतका व्याक्तित्वहरुसँग स्टेजमै हात मिलाए अनि एकाएक कार्यक्रम स्थलवाट वाहिए । दर्शकहरुलाई उनी खाजा खाएर फेरी प्रस्तुती दिन आउँने भनिए पनि उनी स्टेजमा फेरी फर्किएनन् ।