वीरगंज, पौष १९ - प्रदेश स्तरिय सुबिसु क्यान इन्फोटेक–२०१९ आगामी पुष २७ देखि ३० गतेसम्म वीरगंजको टाउन हल (नगर सभा ग्रिह)मा हुने भएको छ । राष्ट्र संघीय संरचनामा गए पश्चात प्रदेश नं. २ मा पहिलो पटक आईटि सम्बन्धित मेलाको आयोजना हुन् लागेको हो ।
क्यान महासङ्घले उपलब्ध गराएको जानकारी अनुसार सूचना प्रविधिसम्बन्धी सत्तरीवटा जति स्टल मेलामा रहने छन् । मेलामा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य स्टल रहनेछन् । मेलामा लाग्ने प्रदर्शनीमा पहिलो पटक रोबोट, थ्री डि तथा भी आर गेम, एनिमेसन समेत ल्याईने अध्यक्ष आलोक कुमार चौरसियाले जानकारी दिए ।
मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क वापत रु ३० देखि ५० सम्म तिर्नु पर्ने महासङ्घका पर्सा जिल्ला अध्यक्ष चौरसियाले जानकारी दिए । अवलोकनकर्ताले पनि एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने चौरसियाले बताए ।
कम्प्युटर, इन्टरनेट, कम्प्युटर हार्डवेयर, सफ्टवेयर, टेलिफोन तथा मोबाइल फोन कम्पनीले पनि मेलामा आकर्षक छुट लिएर आउने आयोजकले बताए । अनलाइन टिकट खरिदको अग्रिम रुपमा व्यवस्था मिलाइनेछ तथा अनलाइन टिकट खरिदमा केहि प्रतिशत छुटसमेत प्रदान गरिने चौरसियाले बताए ।
चौरसियाले मेलाको तैयार युद्धस्तरमा चलिरहेको बातौदै स्टल बुकिङ्गका लागि क्यान महासंघ पर्साको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरे । उनले अधिकतम स्टलहरु बिक्रि भईसकेको र केहि अन्तिम मात्र बाकीं रहेको हुँदा छिटो सम्पर्क गर्न आईटि क्षेत्रमा काम गरिरहेकाहरु आग्रह गरेका छन् ।