×

वीरगञ्ज ३१ भदौं । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा गएको साउन १० गतेदेखि जारी निषेधाज्ञा थप खुकुलो पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आज सूचना जारी गर्दै विहान ८ बजेसम्म मात्रै खुल्न भनिएका फलफुल पसल खोल्न अब समय तोकिएको छैन । तर छुट्याइएको निश्चित स्थान बाहेक अन्य स्थानमा गएर फलफूल विक्रि गर्नेलाई भने कारबाही गरिने सूचनामा चेतावनी दिइएको छ ।

योसँगै अब बिहानैदेखि दिनभर फलफुल पसल संचालन गर्न सकिने छ । यस्तै अन्य बजार तथा पसलहरु भने बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खोल्ने यसअघिकै निर्देशनलाई यथावत राखेको छ ।

निषेधाज्ञा पूरै हटाउने नहटाउने विषयमा भने भोलि बस्ने बैठकले निर्णय लिने जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो ।

कोभिड संक्रमण फैलन नदिन नो मास्क नो मुभ अभियानलाई कडाइका साथ लागु गर्न मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्नेलाई कारबाही गर्ने पनि चेतावनी दिएको छ ।

Back to top