×

वीरगञ्ज । होटल तथा रेष्टुरेन्टको अनुगमन गर्ने कार्यलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठीत अनुगमन समितिले शुक्रवार होटल मकालु, डिलाईट गो लगायतका होटलमा अनुगमन गरेको हो । 

होटल मकालुको फ्रिजमा शाकाहारी र मांसाहारी खानेकुरा एकै ठाँउमा राखिएको र म्याद गुज्रिएको बियर पनि फेला परेको अनुगमन टोलीमा सहभागी वीरगन्ज महानगरका कार्यपालिका सदस्य कन्हैया ठाकुरले जानकारी दिए । ठाकुरकाअनुसार होटल मकालुले वीरगञ्ज महानगरपालिकाबाट व्यवसाय दर्ता इजाजतपत्र पनि नलिएको पाइएको छ ।

डिलाइट गो रेष्टुरेन्टले पनि भान्छाको फ्रिजमा मासुजन्य खाद्य सामाग्री -याप नगरी राखिएको अवस्थामा भेटिएको छ । साथै डिलाईटले पनि महानगरपालिकाबाट व्यवसाय दर्ता इजाजत पत्र नलिएको पाइएको ठाकुरले बताए ।

जाइका ब्रियानी र होटल सम्मा ब्रियानीमा मासु काट्ने, पकाउने लगायतका स्थान निक्कै फोहोर र अव्यस्थित अवस्थामा भेटिएको ठाकुरले बताए । त्रूटी भेटिएका होटल र ब्रियानी हाउसहरुलाई एकपटकका लागि सचेत गराइएको भन्दै ठाकुरले अब उप्रान्त कुनै त्रूटी भेटिए कानुन अनुसार कारबाहीको दायरामा ल्याउने चेतावनी समेत दिइएका छन् । 

यसअघि बिहीबार बजार अनुगमन समितिको टोलीले केएफसी रेष्टुराँ र क्लार्क रिसोर्टमा पुगेर अनुगनमन गरेको थियो ।
 

Back to top