×

वीरगञ्ज २७ भदौं । लाखौँ खर्च गरेर निर्माण गरिएको नाला एक वर्ष नबित्दै भत्काइएको छ । पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वा टोलमा निर्माण गरिएको नाला एक वर्ष नबित्दै भत्काइएको हो ।

गाउँपालिकाको बजेट सिध्याउँने दाउमा जनप्रतिनिधिहरुले मापदण्ड र विज्ञको परामर्स बिना निर्माण गरिएको ६० मिटर नालाबाट पानीको निकास नहुँदा पूरै बस्ति डूबानमा पर्ने गरेको स्थानीयले गुनासो गरेपछि भत्काइएको ही ।

स्थानीयहरुको गुनासो र विरोध थेग्न नसकेपछि गाउँपालिका कार्यालयले नाला भत्काउँन लागेको बुझिएको छ ।

गतवर्ष स्थानीयहरुको विरोध वावजुद जनप्रतिनिधिहरुले एकलौटी ढंगबाट विज्ञको परामर्स र आवश्यक मापदण्ड पूरा नगरी नाला निर्माण गरेका थिए । केहि स्थानना नालाको लेभल ठिक रहेपनि भिस्वा टोलमा रहेको मस्जिददेखि पुर्व पट्टिको टोलसम्म नालालाई उचाई आवश्यकता भन्दापनि देखि बनाइपछि पूरै बस्ति डुबानमा पर्ने गरेको स्थानीयहरु बताउँछन् ।

गाउँपालिकाका अध्यक्ष मनोज कुमारको अढाई लाख बजेटबाट निर्माण भएको नाला पानीमा पैसा खान्या जस्तो भएको स्थानीय अशोक कुश्वाहले बताए । 'समयमै जनप्रतिनिधिले स्थानीयहरुको कुरा सुनेको भए लाखौँ रकम बर्बाद हुनबाट जोगिनथियो होला । हामीले गाउँपालिकालाई पटक-पटक अनुरोध गर्दापनि हाम्रो कुरा मानिएन र नाला निर्माण गरियो । नाला बनेदेखि हाम्रो टोलमा वर्षा हुँदा हिलो जमेर हिड्न समेत समस्या परेको थियो ।'

यता नालाको विषयमा जनप्रतिनिधि र गाउँपालिका प्रशासनको कुरा बाझिएको छ । वडा अध्यक्षले नालालाई मर्मत गर्न केहि भाग भत्काइएको बताए भने गाउँपालिका अध्यक्ष मनोज कुमारले प्रदेस सरकारले निर्माण गर्न लागेको सडकको कारण नाला भत्काउँनु परेको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले त् आफुलाई यस विषयमा कुनै जानकारी नै नभएको बताए ।

गाउँपालिका अध्यक्ष मनोज कुमारले प्रदेश सरकारले निर्माण गर्न लागेको सडकमा खन्याएको माटोको कारण हिलो जम्ने गरेको बताए । उनले प्रदेश सरकारले माटो खन्याएर लामो समयदेखि छोडेपछि वर्षायाममा हिलो जमेको गुनासो गरे ।

यता वडा अध्यक्ष मौजीलाल साहले नालाको लेभल नमिलेको कारण केहि मिटर नालालाई मर्मत गर्नका लागि भत्काइएको जानकारी दिए । उनले गाउँपालिकाले नाला निर्माण गर्दा आफुसँग कुनै समन्वयसमेत नगरेको आरोप लगाए ।

त्यसैगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले आफु नालाको विषयमा अनिविज्ञ भएको प्रतिक्रिया दिए ।

Back to top