×

वीरगञ्ज ११ श्रावन । गण्डक अस्थायी कोभिड अस्पताल वीरगञ्जको आइसोलेसनमा उपचार गराईरहेका एक संकास्पद कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मुटु र मधुमेय रोगले ग्रसित वीरगञ्ज महानगरपालिका वडा नं. १० आदर्शनगरका बस्ने अन्दाजी ६० वर्षीय भारतीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणको संका लागेपछी मृतक वृद्धलाई शनिबार गण्डक अस्थायी कोरोना असपतालमा भर्ना गरिएको थियो । उनको आज बिहान करिव ६ बजेको आइसीयुमा उपचारको क्रममा मृत्यु भएको गण्डक अस्थायी कोभिड अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले बताए । उनको पिसिआर रिपोर्ट भने अहिले आउँन बाकी रहेको छ । वृद्धको पिसिआर रिपोर्ट नआएसम्म कोरोनाबाटनै मृत्यु भए नभएको नभन्न सकिने डा. सिंहले भने ।

मुटु रोगी मृतक वृद्धलाई कोरोनाको सङ्का लागेपछी उनले आफ्नै खर्चबाट नारायणी अस्पतालको ल्याबमा कोरोना परिक्षण गराएका थिए । तर, रिपोर्ट नआउँदै स्वास्थ्य अवस्था बिग्रेपपछी उनलाई हिजो वीरगञ्ज हेल्थ केयर अस्त्पालमा भर्ना गरिएको थियो ।

वीरगञ्ज हेल्थ केयर अस्त्पालमा आरडीटि (र्‍यापिड टेस्ट) गर्दा कोरोनाको एन्टीबडी देखिएपछी उनलाई गण्डक अस्त्पालमा रिफर गरि ल्याइएको डा. सिंहले बताए । गण्डकमा उनको स्वास्थ्य अवस्था नाजुक बनेपपछी भेनिटिलेटरमा राखेर उपचार गरिएको थियो ।

'मृतक वृद्ध गण्डकमा आउँदा उनको स्वास्थ्य अवस्था एकदमै खराब थियो, हामीले उनलाई तत्कालै आइसीयुमा भर्ना गर्यौं,' डा. सिंहले बताए, 'पछी राती थप समस्या आएपछी १० बजेतिर उनको भेनिटिलेटरमा राखेर उपचार सरु गर्यौं तर आज बिहान करिव ६ बजे उपचारको क्रममै उनको निधन भयो ।'

वीरगञ्जमा कोरोना सङ्क्रमणबाट पछिल्लो ३ दिनमा तिन व्यक्तिको मृत्यु भइसकेको छ भने सङ्क्रमितहरुको संख्यामा समेत वृद्धि भएको छ । हालसम्म पर्सा जिल्लामा ६ कोरोना सङ्क्रमितको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।

Back to top