×

वीरगञ्ज २३ असार । विश्व कोरोनाभाइरस महामारीले आक्रान्त भएको बेला सरकार र जनतालाई राहत पुर्याउने उद्धेश्यले शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रालि (जगदम्बा सिमेन्ट) विभिन्न चरणमा राहत सामग्री वितरण गरेको छ ।

कोरोनाभाइरसका कारण सरकारले लगाएको लकडाउनको समयमा जगदम्बा सिमेन्टले देशका कयौँ स्थानमा विभिन्न चरणमा स्वास्थ्य, खाद्यान्न र अन्य राहतको सामग्री वितरण गरेको हो ।

सिमेन्टले स्वास्थ्य संस्था, सुरक्षा निकाय, सञ्चारकर्मी, शैक्षिक संस्था, आफना जगदम्बा सिमेन्टका डिलरहरु लगायतमा मास्क, स्यानिटाइजार, पञ्चा, थर्मल गनलगायत स्वास्थ्य सामग्रीहरुको पकिट बनाई १४ सय थान वितरण गरेको जनाएको छ ।

सिमेन्टले आफ्नो सामाजिक उत्तदायित्वलाई वहन गर्दै लाखौँ रुपैया बराबरको स्वास्थ्य सामग्रीहरुको पकिट बनाई १४ सय थान वितरण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले जनताको सतर्कतासँग हातेमालो गर्दै यस संवेदनशील अवस्थामा जनताको सुरक्षा तथा सुस्वास्थ्यका निमित्त सुरक्षा सामग्री र अन्य रातका सामानहरू प्रदान गर्न पाउँदा आफूले गौरवान्वित महसुस गरेको छ ।

आगामी दिनहरूमा समेत जगदम्बा सिमेन्टले सरकार र जनतासँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

’कोरोना भाइरसको विश्वव्यापी महामारी विरुद्धको यस लादाईँ जगदम्बा सिमेन्ट एक साथ लड्नेछौँ, ’हाम्रो मातृभूमि मुस्कुराउँदै मजबूत बनेर उठ्नेछ, हामी सुनौलो नेपालका लागि एकतावद्ध भएर सदैव एक साथ अघि बढ्नेछौँ ।’

सिमेन्टले यसैगरि विभिन्न समयमा आफ्नो परोपकारी कार्यहरू मार्फत जनताको मन जित्न सफल भएको छ ।

Back to top