×

वीरगंज १६ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले कोभिड १९ कोरोना भाईरसको लडाईमा सवैलाई एकजुट भई सहयोग गर्न आग्रह गरेको छ । नेकपा जिल्ला अध्यक्ष प्रभु हजराले आज एक प्रेस बिज्ञप्ती जारी गर्दै कोरोना भाईरसको लडाईमा अग्रपंतिमा रहि मोर्चा सम्हालि रहनु भएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी,सफाईकर्मी,राजनितिक दलका कार्यकर्ता ,जनप्रतिनिधि,पत्रकार ,जनप्रशासन,सुरक्षाकर्मी,नेपाली सेना सवैमा अभार प्रकट गर्नुभएको छ ।

अध्यक्ष हजराले राज्यद्वारा जारी निति र निर्देशन विश्वस्वास्थ्य संगठनको मपदण्ड र प्रदेश तथा स्थानिय सरकारका निर्णयलाई अझ कडाईका साथ पालना गर्न अनुरोध गर्नुभएको छ । अध्यक्ष हजराले नारायणी अस्पताललाई कारोना उपचार अस्पताल बनाईनु उपयुक्त नभएको भन्दै तत्काल नारायणी अस्पताललाई सर्वसधारणको लागि खुल्ला गर्न आग्रह गर्नुभएको छ । लकडाउनमा पिडित बनेका अति बिपन्न परिवारहरुलाई राहत बितरण गर्न आग्रह गर्दै राहतमा अनियमितता ,ढिलासुस्त,भ्रष्टाचार र काखापाखा को घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको बिज्ञप्ती मार्फत जानकारी दिनुभएको छ ।

उहाँले कृषि उत्पादन,बजारीकरणको सहज बतारण बनाउन आग्रह गर्नुभएको छ । अध्यक्ष हजराले किसानलाई बिउ,मल किटनाशक औषधि सहजरुपमा उपलब्ध गराउन माँग गर्दै गत बैशाख ५ गते आएको हावा हुरीले पिडित बनेका किसानलाई राहत समेत उपलब्ध गराउन माँग गर्नुभएको छ । कारोनाका कारण रोकिएको बिकाश निर्माण सुचारु, बैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई रोजगार सृजना तथा बितिय संस्थाहरुले प्रवाह गरेको ऋणका व्याज मिनाह गर्न अध्यक्ष हजराले बिज्ञप्ती मार्फत आग्रह गर्नुभएको छ ।

Back to top