×

 

चिरञ्जीवी यादव, पर्सा १७ चैत्र । कोरोना भाईरस रोकथामको लागी सरकारले लागु गरेको लकडाउनको कारण धुमधामले मनाईदै आएको चैती छठपर्व प्रभावित बन्न पुगेको छ । हर्सोल्लास पुर्वक पोखरी , नदी किनार तथा तलाउमा पुगेर मनाईदै आईएको चैती छठपर्व विश्व मै महामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको त्रासको कारण छठ वर्तालुहरु घर घर मै सिर्सोता बनाएर छठपुजा गरिरहेका छन ।

वर्तालुहरु घरको छत बाटै आज साझ अस्ताउदो सुर्यलाई अघर्य दिएका छन । भोली विहान उदाउदो सुर्यलाई अघर्य दिएपछि छठपर्व सम्पन्न हुने छ । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।

चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको मुख्य दिन ब्रतालु मलिाहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउदो सुर्य र छठी मातालाइ अर्घ दिने प्रचलन रहेको छ । स्थानीय प्रशासनले कोरोना भाईरसको संक्रमण रोकथामको लागी घाटमा नगई घर घर मै छठपर्व मनाउन आग्रह थियो ।

Back to top