×

 

वीरगंज, ५ चैत्र । नेपालको राष्ट्रियता कति सस्तो छ, दिन प्रतिदिन भारतीयहरुले पैसाको बलमा खरिद गरेको नागरिकताको बारेमा बाहिर आएको तथ्य पूर्ण समाचारहरुले पुष्टि गरिरहेको छ ।

रक्सौल कौडिहार चौकमा उपेन्द्र प्रसाद सिंह र उनका छोराहरुले डेढ दशक अगाडी रिक्सा ग्यारेज चलाउंदै आएका थिए । उपेन्द्र प्रसाद सिंहका राजेश कुमार सिंह, रितेश कुमार सिंह र रुपेश कुमार सिंह तीन जना छोरा छन् ।

जसमध्ये राजेश कुमार सिंहले २०६४ सालमा पैसा खुवाएर जिल्ला प्रशासन कार्यालय पर्सामा झुठो विवरण पेश गरी नागरिकता लिए । त्यही नागरिकताको आडमा राजेश साईकल र आर.सि.एस. ट्रेडर्स खोलेर भारतीय व्यापारीहरुलाई ठगेर आदर्शनगरमा पाँच तल्ले आलिसान बंगला बनाएका छन् ।

नेपाली नागरिकताको आडमा भारतीय व्यापारीहरुलाई ठग्दै आएको कतिपय उजुरीहरु जिल्ला प्रशासन कार्यालय पर्साले मिलापत्र गरेर पठाएको छ । उपेन्द्र प्रसाद सिंहका तीन छोरा मध्ये जेठो राजेश कुमार सिंह नेपाली र उनी पछिका भाईहरु कसरी भारतीय भए सो सम्बन्धमा अनुसन्धान जारी छ । साभार अंकुश दाैनिक

Back to top