×

 

वीरगंज ८ कार्तिक । हिन्दू परिषद नेपाल सर्लाही जिल्ला कमिटि द्वारा बलरा नगरपालिकामा बड़ा न.३ मा जनजागरण कार्यक्रम भब्यताका साथ सम्पन गरेको छ।सभालाई सम्बोधित गर्दै हिन्दू परिषद नेपालका राष्ट्रीय अध्यक्ष संतोष पटेलले नेपाल आमाको जय नभने ब्यक्ति नेपाली होईन तेस्ताहरु संग सावधान हुन आम नेपाली दाजुभाई दीदीबहिनीहरु लाई सजक हुन परिषद हार्दिक आग्रह गर्दछ ।

गैर नेपालीहरु धर्म परिवर्तनको नाममा मुलुक लाई बिखण्डन गर्ने योजना बनाएका छन।धेरै धर्म परिवर्तन भए भने मुलुक बिखण्डन बाट कसैले रोकन सक्दैन पटेलले ठोकुवा गरे।नेपाल र नेपालीहरुको पहिचान हिन्दू राष्ट्र नेपाल हो,सम्पूर्ण नेपालीलाई एक सूत्रमा बधाने सेतु हो हिन्दू राष्ट्र।केहि राजनीतिक दलका अगुवाहरु क्रिस्चियनका एजेन्टको भूमिका निर्वाह गर्दै छन।

त्यस्ता बाट पनि सावधान हुन जरूरी छ।देशमा जनजागरण कार्यक्रमको माध्यमले धार्मिक र सामाजिक कार्य गरी लाखौ नेपालीहरुलाई एक सूत्रमा बधाने कार्य गर्दै आएको पटेलले बताए।प्रमुख अतिथि समेत रहेका पटेलले भने नया नेपाल र धर्मनिरपेक्षको नाममा सनातन धर्म माथि मात्र आक्रमण भइरहेको छ।देश लाई बिखण्डन बाट जोगाउन र समृद्धि तर्फ लान समृद्ध हिन्दू समृद्ध नेपाल नै हुनु पर्छ भन्ने परिषदको मान्यता रहेको छ।

केहि ngo, ingo र राजनीतिक पार्टी सुनयोजित तरिकाले सनातन धर्म माथि प्रहार गर्दै छन जसको जलन्त उदाहरण हो गौ हत्या,मठ मन्दिर माथि आक्रमण,धार्मिक आस्था संग खेलवाड़,सनातन धर्मावलम्बी लाई बिशेष सुबिधा नहुनु जस्ता थुपरौ कार्यहरु भइरहेको पटेलले भने।परिषद ४ करोड़ नेपाली जनताको पहिचानका निमित्त संघर्ष गरी रहेको छ।

नेपाली जनता संग परिषद एक मात्र अनुरोध गर्न चाहन्छ की आफ्ना पहिचानका निमित पार्टी वा संगठन भन्दा माथि उठन आग्रह गर्दछ। हिन्दू परिषद नेपाल सर्लाही जिल्ला इन्चार्ज कृष्कान्त झाले सहजीकरन गरेको जनजागरण कार्यक्रममा बलरा नगरपालिकाका मेयर अभय सिंह,रौतहट जिल्लाका चर्चित सामाजिक अभियन्ता नबीन सिंह,सर्लाही जिल्लाका धार्मिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्ने बिबेक जैसवाल,सोनु सिंह,गुड़ु श्रीवास्तव, शिवशंकर यादव,पत्रकार राजेश कुशवाहा,अमित मिश्रा सहितकाले शुभकामना मंतब्य ब्यक्त गरेका थिए भने कार्यक्रम धर्मेन्द्र झाको सभापतित्व मा सम्पन भएको थियो।

Back to top