×

वीरगंज, १९ साउन । पर्सा जिल्ला बिन्दवासिनी गाउँपालिकाका उपनेश चौरसिया र सनुप दास तत्वाले अपहरणको हल्ला पैmलाएको एक दिनपछि उनीहरूको जस्तै अपहरणको झुटो अपवाह फैलाएको कसूरमा पर्सा प्रहरीले वीरगंज महानगरपालिका–१६ इनर्वा निवासी अरमान भन्ने महमद तबरेज आलम ठकुराईलाई पक्राउ गरेको छ ।

चौरसिया र तत्वाले अपहरणको हल्ला साउन १४ गते चलाएका थिए । उनीहरूको कर्तुत सिसिटिभीले साउन १६ गते उजागर गरिदियो । अहिले उनीहरूविरुद्ध नै कारबाई प्रक्रिया अगाडि बढेको छ ।

यसैगरी, ठकुराईले साउन १३ गते अपहरणको हल्ला चलाएका थिए । ठकुराई स्वर्गिय असहाब आलम ठकुराईका छोरा हुन् । नमाज पढेर घर गएका ठकुराई कसैको फोन आएपछि घरबाट निस्केका थिए ।

पछि उनी आपैंmले घरमा दिदीलाई फोन गरेर आफु अपहरणमा परेको सूचना दिएका थिए । आफुनै फोनबाट दिदीलाई माग अनुसारको रकम नदिए आफुनो हत्या हुने जानकारी ठकुराईले गराएका थिए ।

घटनाको भोलिपल्ट बिहान उनले आफु अपहरणमा परेको सूचना दिएपछि परिवारले प्रहरीलाई सूचित गरेको थियो । प्रहरीले उनको मोबाइलको लोकेशन पत्ता लगाउँदा चितवनमा रहेको पत्ता लागेको थियो ।

त्यसपछि ठकुराई भैरहवा पुगेका थिए । प्रहरीले हिजो उनलाई भैरहवाबाट पक्राउ गरेपछि अपहरणको गुत्थी सार्वजनिक भएको हो । प्रहरीसमक्ष उनले आफुले पैसाको लागि आफनो अपहरणको नाटक रचेको बताएका छन् ।

Back to top