×

वीरगंज, माघ १६ - देशकै जेठो क्यमसहरु मध्येको एक वीरगंज स्थित ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन चुनावको सरगर्मी ह्वात्तै बढेको छ । फागुन १४ गते त्रिभुवन विश्वविध्यालयद्वारा स्ववियू निर्वाचनको मिति तोकिए पछि विद्यार्थीहरु पनि उत्साहित भएका छन् । विगत एक दशक देखि नेतृत्वविहिन रहेको ठाकुर राम स्ववियुले अब छिटै नयाँ नेतृत्व पाउने सम्पूर्ण विद्यार्थीहरुमा आसा पलाएको छ ।

विद्यार्थी संगठनका तुल र आउने लागेको बसन्त पञ्चमी तथा सरस्वति पूजाको शुभकामनाको ब्यानरले क्याम्पसका भित्ताहरु ढाकीएका छन् । बिहानको चियादेखि दिउँसोको खाजासम्म विद्यार्थीबीच चुनावकै विषयमा छलफल चलिरहेको छ । क्याम्पसमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)निकट अनेरास्ववियू, संघीय समाजवादी फोरमनिकट समाजवादी विद्यार्थी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीनिकट राष्ट्रिय विद्यार्थी संघ अस्तित्वमा छन् । सम्पूर्ण विद्यार्थी संगठनहरुले आ-आफ्नो तरिकाले धमाधम चुनावको प्रचारप्रसार थालेका छन् । राष्ट्रिय विद्यार्थी संघले त् क्याम्पस प्रांगण मै सम्पर्क कार्यालय तथा हेल्प डेस्कको व्यवस्था गरेको छ ।

हेल्प डेस्कमा विद्यार्थीको दैनिक भीड लाग्ने गर्छ । क्याम्पसको ठुलो चौतारीमा ठाउँ-ठाउँमा बिहान देखि नै विभिन्न संगठनका नेताहरु हुल बनाई विद्यार्थीहरु संग कुरा गर्दै गरेको देख्न सखिन्छ । कक्षाकोठामा समेत विद्यार्थीहरु कम देख्न गरेको क्याम्पसमा निर्वाचन मिति घोषणा भए देखि विद्यार्थीहरुको संख्या अचनाक बढेको छ ।

चुनावको मिति नजिकिदै गर्दा अहिले विद्यार्थीहरु भोट माग्न र आफ्नो संगठनका पदाधिकारीहरु जिताउँन दौडधुपमा ब्यस्त हुन पुगेको छन । २०६५ साल सम्म पछि स्ववियू नभएको ठाकुर राममा निर्वाचन घोषणा पछि विद्यार्थी नेताको वाक्लो उपस्थित हुन थालेको छ । लामो समय सम्म स्ववियु निर्वाचन नभए पनि विद्यार्थी संगठनहरु आफ्नो पक्षमा जित हुने आ-आफ्नै दावी गदै अएका छन ।

संगठनका नेताहरुले कक्षाकोठामा गएर विद्यार्थीहरु संग छलफल गर्ने, उहिहरुको समस्या बुझ्ने, क्याम्पसमा सरसफाई गर्नेदेखि लिएर विभिन्न कार्यक्रमहरु गर्दै क्याम्पसमा आफ्नो उपस्थिति देखाउन बेजोड मिहनेत गरिरहेका छन् । प्रत्येक विद्यार्थीहरुका भातृ संगठन र माउ पार्टीहरुका नेताहरु बीच अबको चुनावमा जीत कसरी आफ्नो पोल्टामा पार्ने भन्ने विषयमा क्याम्पसहरुमा तिब्र छलफल हुन थालेको छ ।

राष्ट्रिय विद्यार्थी संघका पर्सा जिल्ला अध्यक्ष मधुसुधन चौरसियाले स्ववियू निर्वाचानको घोषणाले सम्पूर्ण विद्यार्थी उत्साहित भएको बताए । उनले विद्यार्थीहरुमा नेतृत्वको खाँचो पूर्ण स्ववियूको ठुलो भूमिका रहेको भने । 'स्ववियु घोषणाले विद्यार्थी उत्साहित छन्, नेतृत्वको पर्खाईमा रहेका विद्यार्थी र क्याम्पस समेतका लागि स्ववियू ठुलो अवसर हो, चौरसियाले भने, 'यस्ले क्याम्पसको विकास र विद्यार्थीहरुको हितमा ठुलो भूमिका खेल्छ ।' चौरसियाले आफ्नो संगठनको उम्मेदवारले स्ववियू निर्वाचनमा अन्य संगठनभन्दा फराकिलो मतबाट जित हासिल गर्ने दावी समेत गरे ।

समाजवादी विद्यार्थी फोरमका ठाराब एकाई उपाध्यक्ष शशिकान्त सर्राफले यसपालीको स्ववियू निर्वाचनमा आफ्नो संगठनको जित निश्चत रहेको बताए । उनले विद्यार्थी फोरमको विद्यार्थीहरुमा पकड राम्रो रहेकोले मतदान आफ्नै पक्षमा हुने दावी गरे । 'हाम्रो संगठनबाट उम्मेदवार जो भएपनि, जित हाम्रो निश्चित छ, सर्राफले भने, 'विद्यार्थीहरु संग हाम्रो संगठन नजिक छ, उनीहरुलाई समस्या पर्दा सबभन्दा पहिला सहयोगको हात अगाडि ल्याउने हामि नै हुन्छौं, त्यसैले मत हाम्रो पक्षमा छ ।'

नेपाल विद्यार्थी संघका नेता रोशन सिंह(मुन्ना)ले पनि नेवि संघ चुनावको तयारीमा ब्याक रुपले लागेको वताए । उनले ठाकुर राममा नेवि संघ जित्दै आएको इतिहास यस वर्ष पुन: दोहरिने बताए । तर नेविसंघ जिल्ला कार्य समिति पर्सामा भने लामो समय देखि विवादको कारण नेतृत्व विहिन छ । क्याम्पसमा पनि समेत दुई गुठहरु छुट्टा-छुटै काम गरिरहेका छन् । यद्दपि सिंहले निर्वाचन सम्म संगठनका सम्पूर्ण समस्याहरु समाधान हुने बताए । 'ठुलो संगठन छ, स-साना मनमुटावहरु अपरिहार्य छन्, सिंहले भने, 'तर निर्वाचनमा संगठन भित्राका विवादहरुले केहि फरक पर्दैन, हाम्रो उम्मेदवारलाई जिताउन हामि एक ढिक्का भएर अगाडि बढ्छौं ।'

अनेरास्ववियूका केन्द्रिय सदस्य शिवम शाहले पनि विद्यार्थीहरु सँग छलफल गरी झगडा मुक्त स्ववियु वनाउँदै विद्यार्थी नेताहरु विचको विवाद नहोस भन्दै स्ववियु चुनावको तयारी तिब्र भईरहेको वताए । उनले भने हामी विद्यार्थी नेताहरुलाई विवाद रहित स्ववियु चुनाव गराउँन चाहान्छौ । आफुहरु विद्यार्थीहरु संग छलफल सँगै निर्वाचनमा जित हासिल गर्ने लक्ष्यका साथ अगाडी वढिरहेको शाहले भने । आगामी फागुनमा हुने स्ववियुु निर्वाचनमा आफ्नो पार्टी निकट विद्यार्थीहरुलाई कसरी जिताउन सकिन्छ भनेर राजनीतिक दलहरु र तिनका भातृ संगठनहरु लागिपरेका छन । उनिहरुको एकमात्र मिसन स्ववियु चुनाव जित्ने लक्ष्य लिएका छन ।

 

Back to top