×

बीरगंज ३१ असोज । वीरगंजको प्रसीद शक्ती पीठको रुपमा रहेको गहवामाई मन्दिरमा घटस्थापना देखी नै सुरु भएको मेलामा सधै समान्य चहलपल रहेपनि आज देखि वीरगंजमा मेला हेर्न आउँनेहरुको भिड बढेको छ ।

पर्सा, बारा लगाएत भारतका विभिन्न ठाउहरुबाट समेत मेला हेर्न आउनेहरुलाई माँ निर्मल स्टोरका सन्चालक अजय प्रर्जापतीको स्वर्गीय माता तरदेवीको स्मृतिमा भक्तजनहरुलाई प्रसाद बित्रण गरिएको छ । यसै गरि मेला हेर्न आउने भक्तजनहरुलाई बिभिन्न वीरगन्जमा रहेका पसलेहरु पनि प्रसाद बित्रण गरिएको छ ।

घण्टाघर,माईस्थान आदर्शनगर,घडिअर्वा लगाएतका स्थानहरुको मुख्य चौकहरुमा मेलाले गर्दा ट्राफीक व्यवस्थापनमा समस्या भएको छ ।

पर्सा, बारा लगाएत भारत का विभिन्न ठाउहरुबाट समेत मेला हेर्न आउने भक्तजनहरुको भिडले यती खेर वीरगंजको गली गली समेतमा भिड भाड हुने गरेको छ ।

विभिन्न ठाउहरुबाट आएका मेलामा समानहरु विक्रि गर्नेहरुले घण्टाघर देखी माईस्थान हुदै आदर्शनगर सम्म जाने मुख्य राजमार्गमै विभिन्न समानहरु विक्रिका लागी रोडमा नै पसल थापेर समान विक्रि गरेको कारण आवतजावतमा समेत समस्या भएको छ ।

वीरगंजको मुख्य मन्दिरको रुपमा रहेको गहवामाई मन्दिरमा फुलपाती भित्रयाइएसँगै महिलाहरुले खोइछ भर्ने कार्य शुरु गरेका छन । मेला आज राती अबेर सम्ममा समापन हुने छ ।

Back to top