×

वीरगन्ज २४ असोज । बाराको सिमरास्थित जगदम्बा स्टिल इन्डस्ट्रिजमा फलाम पगाल्ने भट्टी पड्किदा पाँच जना घाईते भएका छन् ।

आज बिहान करीब ७ः४० बजे फलामको प्लेट पगाल्ने भट्टीमा कोईला खन्याउने क्रममा बिस्फोट भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक शुभास हमालले जानकारी दिए ।

घाईतेहरुको बिरगञ्जमा उपचार भैरहेको र उनीहरुको पहिचान खुल्न बाँकि रहेको प्रहरी निरीक्षक हमालले बताए ।

घटनाको थप बिवरण आउन बाँकि रहेको प्रहरीले बताएको छ ।

Back to top