×

वीरगंज ८ सावन । पर्सा मालपोत कार्यालयमा केहिदिन अगाडी रजिष्ट्रेशन र मुद्दा हेर्ने नायव सुव्वा मदन गुप्ताले कमाएको सम्पत्तिको विबरण फेलापरेको छ । एमालेका नेताहरु संग बाक्लो उठबस भएका गुप्ता हाल बारामा मालपोत कार्यालयमा कार्यरत रहेका छन । गुप्ताको सम्पति सार्वजनिक भएपछि उनका कार्यालयका कर्मचारी छक्क मात्र परेनन सर्वसाधारण नागरिकहरुसमेत जिब्रो टोक्न बाध्य भएका छन र बर्तमान ओली सरकारले यस्ता भ्रष्ट कर्मचारी माथी कस्तो खाले कार्वाही गर्ने हुन त्यो हेर्न बाकी छ । गुप्ताको नाउमा भएको चलअचल सम्पतिको मूल्यांकन गर्ने हो भने अरबको हराहारीमा पुग्छ ।

मुलघर रौतहटको गौरबजारमा भएका मदन गुप्ता ८–९ वर्षअगाडि पर्सा मालपोत कार्यालयमा सरुवा भई आउँदा भाडाको घरमा सपरिवार बस्दै आएका थिए ।

तर अहिले वीरगंज उपमहानगरपालिकाको वडा नं ४ मा गुप्ताले आफनो श्रीमती रिता गुप्ताको नाममा भवन खडा गरी त्यसैमा बस्दै आएका छन् । वडा नं ६ स्थित दस धुरमा बनेको जुबेद अंसारीको दुईतले भवन पनि आफनो आफन्तको नाममा हालै गुप्ताले खरिद गरेका छन् ।

वीरगंजको नयाँ बसपार्कचौकदेखि उत्तर साईडको पुर्वरोड भएको पौने २४ धुरको प्लट रु १ करोड ९५ लाखमा खरिद गरेको, एडभान्स हस्पिटलको अगाडि पूर्व वडाध्यक्ष स्व.अशोक पंचरको घर पनि रु २ करोडमा हालै गुप्ताले आफनो नातेदारको नाममा पास गराएका छन् । उनले वीरगंजको त्रिमुर्ति सिनेमा हलनजिकै एक कठ्ठामा बनेको पक्की घर खरिद गरेको, सिगरेट फेयाक्ट्रीभित्र प्लटिङ गरिएको जग्गाभित्र बनेको तीनतले घरसमेत खरिद गरेका छन् ।

सर्लाहीको हरिवनमा २२ कठ्ठा जग्गा खरिद गरेको, पर्साको झकरा मसिहानीमा ५ विगाहा जग्गा खरिद गरेको, वीरगंजको वडा नं १९ मा १७ धुरमा बनेको वीरगन्ज भन्सारका क्लियरिङ एजेन्ट अशोक श्रेष्ठको १७ धुरमा बनेको १ करोड ५ लाखमा लिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

परवानीपुरको मुक्ति आयलको छेउमा २२ कठ्ठा जग्गा खरिद गरी प्लटिङ गरेको नासु मदन गुप्ताका देखिएको सम्पतिका केही फेहरिस्तमात्र हुन् । व्याजमा समेत उनले कति नगद प्रवाह गरेका छन, त्यसको लेखाजोखा हुन बाकी भएको उनको नातेदारहरुको भनाइ छ । पर्सा मालपोत कार्यालयमा भूमाफियाहरुसँगको साँठगाँठमा मदन गुप्ताले जालसाजी र जग्गाको अवमूल्यन गरी पास गराउने गरेको जानिफकारहरु बताउ छन् । युवती र रक्सीको शौखिन गुप्ता वीरगंजको नगवामा एक चिया पसल संचालन गरी बसेकी महिलालाईसमेत एक घर खरिद गरी बसाएको पोलसमेत खुलेको छ ।

सभासद, सिडिओ, प्रहरीका उच्च पदस्थ हाकिमहरुसँग आफनो उठ्बस भएको बताउने गुप्ता बारा मालपोतभित्र दुईथरिको नगदी रसिद प्रयोगमा ल्याएर गोलमाल गर्ने गरेका छन् । उनको यस कार्यमा लेखापालसमेतको सहभागिता रहेको बताइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखका नातेदारहरुसंग समेत आफनो बलियो पकड भएको र उनीकहा जँदा मौसमी फलफुल र बगेडी पुर्याउने गरेकोले अख्तियारले पनि आफनो लछारपाटो लगाउन नसक्ने गुप्ताले दावी गर्दै आएका छन् । अहिले उनि काठमाण्डौं सुन्धारा स्थित लण्डन होटल खरिद गरेका छन भने हुण्डाई कारको एजेन्सी लिन लागि परेका छन ७२ लाख रुपैयाँको फोर्ड गाडी चढेर वीरगंजका धनाढ्य सेठहरुलाई माथ गरेका छन ।

Back to top