×

वीरगन्ज, असोज ०३ – पर्सा जिल्लाको पोखरिया नगरपालिकाको मतपरिणाम आउन सुरु भएको छ । ताज प्राप्त मतपरिणाम अनुसार पोखरिया नगरपालिकामा फोरम नेपालले मेयर (प्रमुख) पदमा ३९२ मत प्राप्त गर्दै पहिलो स्थानमा आफ्नो कब्जा जमाएको छ भने २६८ मत प्राप्त गर्दै जनता दल दोश्रो स्थानमा रहेको छ । त्यसैगरी ११४ मा प्राप्त गर्दै माओवादी केन्द्र तेश्रो स्थानमा रहेको छ भने ५४ मत प्राप्त गर्दै नेपाली कांग्रेस चौथो स्थानमा रहेको छ । १० मत प्राप्त गर्दै नेकपा एमाले अन्तिम स्थानमा रहेको छ ।

त्यसैगरी उप-मेयर (उप-प्रमुख) पदमा पनि फोरम नेपाल ३५४ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । २२८ मत प्राप्त गर्दै जनता दल दोश्रो स्थानमा छ भने ६३ मत प्राप्त गर्दै माओवादी केन्द्र तेश्रो स्थानमा छ । ५४ मतका साथ् नेपाली कांग्रेस चौथो र २८ मतका साथ् नेकपा एमाले पाचौं स्थानमा रहेका छन् ।

Back to top