×

रन्जन यादब बारा १० भाद्र एक क्विन्टल ६१ किलोको एउटा लड्डु जो कोही झट्ट सुन्दा अचम्ममा पर्नु स्वभाबीक हो। तर यो सत्य हो । एक किलो ६१ किलोको लड्डु बिशेष रौनाकता साथ एउटा भाडोमा थुपारेर तयार पारेर बिशेष रौनकता साथ गणेश चतुर्थी पुजा समिती बाराको जीतपुरमा गणेश पुजा शुरु गरेको छ । सम्भवत बारा,पर्सामा गरिने गणेश पुजामा बनाईने लड्डु मध्ये यो सबभन्दा ठुलो हो । गत बर्ष पुजा समितीले एक क्विीन्टल ५१ किलोको लड्डु तयार पारेका थियो । पुजाको अन्तिम दिन बनाइएको बिसाल लड्डु फुटाएर भक्तजनमा बाड्ने चलन रहेको गयोश चतुर्थी पुजा समितीका अध्यक्ष शिव जि साह सोनारले बताए ।

हरेक बर्ष झै यस बर्ष पनि शुरु भएको गणेश चतुर्थीमा आज पहिलो दिन घोडा सहितको सोभा यात्रा निकालिएको थियो । पुजा गर्न भक्तालुहरुकोलागी रमाईलो गर्न झुला ,मौतका कुवा ,रेल तथा बालबालिकाहरुको मनोरञ्जनकालागी बिभिन्न खेलको ब्यवस्था गरिएको छ । भाद्र ९ गतेदेखि १३ गतेसम्म चल्ने पुजामा हरेक दिन साझँ ८ बजेबाट भक्तिमय साँस्कृतिक कार्याक्रम हुने पुजा समितीका उपाध्यक्ष श्रीराम साह कानुले बताए ।नेपाल र भारतका स्थानीय गायक गायिकाको भक्तिमय प्रस्तुती रहने कार्याक्रममा पहिलो दिन आईतबार गायक रामचन्द्र साह र गायिका काजलको प्रस्तुती रहन्छ भने दोस्रो दिन बालकृष्ण चौहानको ,तेस्रो दिन अनिल बर्मा ,चौथो दिन सर्मानन्द तीबारी र पाचौँ तथा अन्तिम दिन मुक्ति चौहान र सिल्फी मिश्राको प्रस्तुती रहने पुजा समितीका अध्यक्ष सोनारले बताए ।

Back to top