×

वीरगन्ज ४ सावन सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी मुर्लीले बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा आएका नयाँ प्रहरी उपरिक्षक सुदिप गिरीलाई सम्मान गरेको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी मुर्लीले आफना पदअधिकारी र प्रहरी बिच राखिएको आन्तरक्रिया कार्याक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष राम सर्राफले प्रहरी उपरिक्षक सुदिप गिरीलार्ई सम्मान गरेका हुन ।

कार्याक्रममा प्रतिक दैनिकका सम्पादक जगदिश सर्मा, पशुपतिबिक्रम शाह,जुमादिन शेख हवारी लगायत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी मुर्लीका पदअधिकारीहरुको उपस्थिती रहेको थियो ।

Back to top