×

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।

कतारका राजा बसेकै होटल सोल्टीमा दुई नेताबीच भेट भएको हो । भेटवार्ता लगत्तै द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।

हस्ताक्षर कार्यक्रममा दुवै नेता सहभागी हुनेछन् । हस्ताक्षर कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी हुनेछ ।

दिवाभोज कतारी राजा शेख नेतृत्वको टोली स्वदेश फिर्ताका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानेछ ।

Back to top