×

वीरगञ्ज । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबिच काठमाडौँमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्बन्धी सहमति यही वैशाख २० गते वीरगञ्जमा भएको हो । 

सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र मंगलम डायग्नोष्टिक सेन्टरको तर्फबाट अध्यक्ष प्रा.डा. अमरनाथ ठाकुरले हस्ताक्षर गरे ।

वीरगन्ज मुख्य कार्यालय रहेको मंगलम डायग्नोष्टिक सेन्टरले विशेषज्ञ डाक्टरहरू राखेर वीरगन्ज लगायत जनकपुरमा पनि अत्याधुनिक ल्याब सेवा प्रदान गरिरहेको छ । अब काठमाडौँमा अत्याधुनिक र एकीकृत डायग्नोष्सि सेवा दिने लक्ष्य रहेको सेन्टरका अध्यक्ष प्रा.डा. ठाकुरले जानकारी दिए ।

काठमाडौँमा डायग्नोष्सि सेवा दिने ल्याबहरू खुल्ने र बन्द हुने क्रम जारी रहेको छ । हस्पिटलहरूको आफ्नै ल्याब पनि छ । तर अहिले पनि विश्वसनीय डायग्नोष्सिको लागी नेपालीहरू भारत लगायत अन्य देश गइरहेका छन् । सोही अवस्थालाई हेरेर विश्वसनीय र भरपर्दो डायग्नोष्सि सेवा दिन काठमाडौँमा छुट्टै ल्याबको आवश्यकता देखिएको छ ।

सम्झौता बमोजिम नेक्सजेन म्यानेजमेन्टले काठमाडौँमा सञ्चालित ल्याबहरूको अवस्था अध्ययन गर्नेछ । हस्पिटल र ल्याबमा आउने बिरामीहरू डायग्नोष्सि रिर्पोटबाट संतुष्ट छ/छैन अध्ययन गर्नेछ । काठमाडौँको आवश्यकता अनुसार कस्तो र कुन क्षमताको डायग्नोष्सि सेन्टरको आवश्यकता छ, सोको लागी कति लगानी आवश्यक छ ? सो सबै अध्ययन अनुसन्धान गरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले मंगलम डायग्नोष्टिक सेन्टर प्रालिलाई प्रतिवेदन बुझाउने छ ।

त्यस पश्चात् नेक्सजेनले थप लगानीकर्ता खोज्ने र मंगलम डायग्नोष्टिक सेन्टर आफैले पनि लगानी गरी आफ्नै व्यवस्थापनमा नयाँ अत्याधुनिक डायग्नोष्टिक सेन्टर सञ्चालन गर्नेछ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स सम्पत्ति व्यवस्थापन गर्ने कम्पनी हो । यसले चलिरहेको उद्योग व्यवसायलाई सुव्यवस्थित सञ्चालनको लागि परामर्श सेवा दिनेदेखि लगानीकर्ता जुटाउनेसम्मको सेवा दिन्छ ।

Back to top