×

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले पर्साको निर्वाचन प्रक्रिया सुरु भएको छ । एमाले पर्साको ९ औँ अधिवेशन सम्पन्न भएको पाँच दिन पछि मात्रै निर्वाचन सुरु भएको हो । 
जिल्ला अध्यक्षमा डा.विश्म्भर शर्मा निर्विरोध निर्वाचित भइसक्दा पनि अन्य पदाधिकारी तथ सदस्यहरुमा संस्थापन पक्षले धाँधली गरेको भन्दै इतरसंस्थापन पक्षले विरोध गर्दै तालाबन्दी गरेको थियो ।

शुक्रबार साँझ जबरजस्ती निर्वाचन गराउन खोज्दासमेत एमाले पर्साका कार्यकर्ताहरुबीच कुटाकुट भएको थियो । माग सम्बोधन नभएसम्म चुनावमा भाग नलिने अडान राखेका इतरसंस्थापन पक्षले भने आज भइरहेको निर्वाचन प्रक्रियामा भाग लिएको छ ।

इतरसंस्थापन पक्षका रामकिशोर सिंह( पराग) का अनुसार केन्द्रले पहल गरेपछि निर्वाचनमा जाने सहमती जुटेको हो । उपाध्यक्ष, सचिव, उपसचिव, लेखा समिति अध्यक्षसहित अन्य पद तथा बाँकी सदस्यहरुका लागि निर्वाचन भइरहेको निर्विरोध अध्यक्षमा निर्वाचित भएका डा.विश्म्भर शर्माले बताए । 

पदाधिकारीमा मात्रै ३० भन्दा बढीले उम्मेदवारी दिएका छन् । एमाले पर्साको निर्वाचनमा ६१५ जनाको हाराहारीमा प्रतिनिधि मतदान प्रक्रियामा भाग लिइरहेको निर्वाचन अधिकृत भोजराज ढकालले जानकारी दिए ।
 

Back to top