×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ हनुमान चौकस्थित सडकखण्डबाट २ जना पक्राउ परेका हुन् । 

नारायणगढ चितवनबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ४ ख ५९३७ नम्बरको सार्वजनिक बसमा प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले चेकजाँच गरेको हो ।

बसको पछाडीको सिटमा बसेका महिलाले कालो रङ्को २ वटा झोला चेकजाँच गर्दा १० किलो गाँजा फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ निवासी ४२ वर्षीय ईन्द्र कुमारी चेपाङ्ग र सोही ठाउँकी ४२ वर्षीय फुलमाया स्याङ्बोलाई नियन्त्रणमा लिईएको थापाले बताए ।उनकाअनुसार दुवै जना विरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ । 
 

Back to top